-->
Loading...
कोरियाको चिसो मौसममा कम्पनीबाट ‘लेटर’ नलिनु

निकुञ्ज तिवारी

बुटवल घर बताउने एक युवाले कोरियामा कार्यस्थान परिवर्तन गर्न लेटर लिएको तीन महिना पुग्न लाग्यो । ‘अब केही दिन बाँकी छ ।’ मलिन हुँदै उनले भने ‘यसविचमा पनि काम नपाए इलिगलको विकल्प छैन ।’

इपिएस मार्फत सात महिना अगाडि कोरिया आएका उनले साँढे चार महिना ‘फिनेल हाउस’ भित्र साग टिप्ने काम गरे । ‘चिसो मौसम सुरु भएलगत्तै काम कम भयो । मालिकले अर्को ठाउँमा जा भन्यो ।’ उनी गुनासो गर्छन ‘त्यतीन्जेल कमाएको पैसा पनि काम छोडेको बेला खान, बस्न र काम खोज्न ठिकै भो ।’

कोरियाको कृर्षि फाममा अफ सिजन सुरु भएका कारण उनलाई काम पाउन मुस्किल परेको छ । त्यस्तै उप्पादनमुलक क्षेत्रमा पनि भनेजस्तो कप्पनी पाउन नसकेको काम काम छोडेकाहरु बताउँछन् । काम छोडेपनि उनिहरु विभिन्न चर्चमा बस्ने गर्छन ।
कोरियामा काम कम भएको रोजगार केन्द्रका कर्मचारीहरु बताउछन् । ‘जुनसुकै क्षेत्रमा काम कम छ । अहिले कम्पनि संचालकहरुले ज्याँदै न्यून कामदार माग गर्छन । तर काम छोड्ने प्रवाशीहरु धेरै छन् ।

बेरोजगारीहरुलाई काम खोजिदिने कन्सलटेन्सीहरु पनि अहिले काम कम भएको बताउँछन् । ‘कोरियामा बढिरहेको इलिगलको संख्या र भिजिट भिषामा थाइलेण्ड भियतनाम लगायतका देशबाट आउने मानिसहरु अबैधानिक बस्ने कार्यले काम कम भएको हो ।’ सोलस्थित एक रोजगार कन्सल्टेन्सी संचालक किम सिनजिनले बताए ।

श्रम मन्त्रालयले २०१३ अगस्टबाट रोजगार परिवर्तन सम्बन्धी नयाँ नियम लागु गरेपछि पनि काम परिवर्तन गर्न गाह्रो भएको छ । रोजगार केन्द्रले कम्पनी संचालकलाई एक कामका लागि ३ जनाको बायोडाटा दिन्छ । रोजगारदाताले कामदार छान्ने पाउने छ ।
आप्रवाशी कामदारले ३ बर्षको अवधिमा ३ वटा काम परिवर्तन गर्न पाउछ । काम छोडेको ३ महिनाभित्र नयाँ काममा हाजिर भइसक्नु पर्ने प्रावधान छ । यदि ३ महिनाको समयमा रोजगार पाउन नसके निज स्वदेश फर्किनु पर्ने इपिएस नियमावलीमा छ ।
‘अव केही दिनमा काम नपाए स्वदेश फर्किनु पर्ने रोजगार केन्द्रका कर्मचारीले भनेका छन् ।’ उत्पादनमुलक क्षेत्रमा काम खोजिरहेका ताप्लेजुङका एक युवाले भाइबरमा भने ‘काम छोडेको ८० दिन भयो । कामको लागि दैनिक रोजगार केन्द्र धायो, भनेजस्तो काम मिल्दैन । मिले पनि प्याक भयो भन्छ । निरास हुँदै सेल्टर फ¥क्यो ।’ उनी जस्तै काम नपाउने आप्रवाशी कामदारहरु आजभोली रोजगार केन्द्र र आश्रय केन्द्रमा बाक्लै देखिन्छन्।

कोरियामा पटक–पटक श्रमिक र मालिकलाई लागुहुने नियम कानुन परिवर्तन भइरहने कारण कतिपय कामदारहरु अनभिग्यतामै काम छोड्ने र दुख पाउने गरेका छन् । काम छोडेपछि सोचे र खोजेजस्तो सेवा सुविधा नपाएपनि बाध्य भएर काममा हाजिर हुनु परेको कामदारहरुको गुनासो छ।

‘यहाँका अधिकांश आप्रवाशी कामदारहरु हल्लाकै भरमा काम परिवर्तन गर्छन्।’ रोजगार केन्द्रका एक कर्मचारीले भने ‘जतिसुकै राम्रो सेवा र सुविधानै किन नहोस।’ उनका अनुसार रोजगार परिवर्तन गर्नेमा नेपालीको संख्या अधिक हुन्छ।

इपिएस मार्फत रोजगारीका लागि आउनेहरु स्वदेशबाटै रोजगार परिवर्तन गर्ने मानसिकता नलिइ आउन सुझाव दिन्छन् प्रवाशी मजदुर संघ अध्यक्ष उदय राई ।

राष्ट्रिय मानवअधिकार आयोग कोरियाको प्रकाशित प्रतिवेदनमा आप्रवाशी कामदारहरु दश जनामध्य एक जना वेरोजगार र तीन जना पैसा नभइ भोकै बस्ने गरेको उल्येख छ । त्यस्तै कोरियन श्रम बजारको एक प्रतिवेदन अनुसार काम नपाउने बेरोजगारीको संख्या बढ्दो छ।

ईपिएस मार्फत आउने प्रवाशी कामदारहरु भिषा अवधी सकिएपछि अवैधानिक बस्ने कारण यहाँ काम पाउन गाह्रो हुदै गएको छ । श्रम मन्त्रालयको एक तथ्याङक अनुसार ईपिएस मार्फत आएका ३७ प्रतिशत कामदार अवैधानिक काम गरिरहेका छन्।

- See more at: http://karnalikhabar.com/news/2017/02/09/51921.html#sthash.Gtzppjm6.dpuf


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.