विवाहपूर्व यौनसम्पर्क राख्नु पश्चिमा देशहरुमा
सामान्य भइसकेपनि नेपालमा भने अझै यो कार्य
स्विकार्य बनिसकेको छैन । यद्यपी पश्चिमा
देशहरुको प्रभावका कारण नेपालका युवा युवतीहरु
पनि विहाव पूर्वक नै यौनसम्पर्क थालिसकेका हुन्छन् ।
यौनचाहना किशोरावस्थादेखि नै तीव्र हुने कुरा
यथार्थ हो । किशोरावस्थामा हुने असीम
यौनचाहना शान्त पार्न कतिपयले विवाहपूर्व नै भए
पनि यौनसम्पर्क गर्छन् ।
जसका कारण सामाजिक रूपमा अमान्य भएका
कारण सामाजिक बहिस्कार तथा हेंलाको सामना
गर्नुपर्ने हुनसक्छ । यस किसिमको यौनसम्पर्क
प्रायस्जसो हतारमा गरिने भएकाले गर्भनिरोधका
उपायहरू अपनाइँदैन । त्यसैले गर्भ रहने सम्भावना हुन्छ ।
यदि गर्भ रहे बेइज्जती सहनुपर्ने, वैवाहिक सम्बन्धमा
बाँधिन बाध्य हुनुपर्ने, परिपक्व नै नभै अभिभावकको
भूमिका निर्वाह गर्नुपर्ने हुन सक्छ । त्यसबाट गम्भीर
आर्थिक तथा सामाजिक असुरक्षाजस्ता समस्या
पनि सामना गर्नुपर्ने हुन सक्छ । अर्को पक्ष, गर्भ
तुहाउन गरिने प्रयासको आफ्नै समस्या छ । त्यसैले
विचार नपुर्याई गरिने यौन सम्पर्कबाट बच्नु आवश्यक
छ । जति सानो उमेरमा यौन सम्पर्क सुरु गर्यो त्यति
नै धेरै यौन साथी हुने सम्भावना हुन्छ, जसले
जोखिमलाई बढाउँछ ।
सामान्यतया बिबाह पूर्व गरिने यौन बिबादित हुने
गरेको छ । बिबाह पूर्व यौन सम्पर्क गर्न हुन र नहुने मत
बाझिइरहेको छ । राय सुझाव संकलन गर्दा समेत दुई
खालका धारणा नै पाइने गरेको छ । बिबाह पूर्व
यौनसम्पकृ गर्दा केहि फाइदा मिल्द छ ।
यी हुन वैकल्पिक यौन आनन्दका उपाय
एक्लै हुँदा हस्तमैथुन गरेर यौन आनन्द लिन सबैभन्दा
उपयुक्त हन्छ । वास्तवमा यो एउटा राम्रो उपाय
हो । हस्तमैथुनवाट खराबी हुन्छ भन्ने अनेक मित्था
धारणा विद्यमान छ । वास्तवमा यो सत्य होइन ।
यौन आनन्द पाउने उपायहरूमध्ये सबैजसोका लागि
यौनअङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्क गर्दा र
हस्तमैथुन गर्दा यौनअङ्गको घर्षणबाट यौन आनन्द
प्राप्त गर्ने प्रक्रिया उस्तै हो ।
यद्यपी विवाहपूर्व सावधानीका साथ गरिने यौन
सम्पर्कका फाइदाहरु समेत छन् ।
बिबाह पूर्व यौनसम्पर्क गर्नुहुन्छ तव तपाइको
उत्सुकतालाई आराम मिल्ने छ । यौनले सिर्फ
शारीरिक मात्र होइन मानसिक जरुरत पनि पूर्ति
गर्न सहयोग पुग्द छ । व्यस्त जिबनका कारण दुखि
भएको अवस्थामा तथा घर परिवारको दवाबलाई
पनि यौनले केहि सन्तुष्ठ पार्न सहयोग पुग्दछ ।
विवाह पूर्वक गरिने यौन सम्पर्कले सम्वन्धलाई थप
मजबुद बनाउन सहयोग गर्दछ । त्यस्तै बिबाह पूर्वै यौन
सम्पर्क कायम गर्दा दुई पक्ष बिच थप समझदारी पैदा
हुन जान्छ ।
बिबाह पूर्वको यौन सम्पर्क कायम गर्दा मनमा रहेको
यौन सम्वन्धि नकारात्मक धारण रोकिन जान्छ ।
साथ साथै जसले यौनको भरपूर उपभोग गर्दछ त्यस्ता
मानिसले संकुचित मानसिकता बाट छुटकारा पाउन
सक्छ । यौनलाई गंभिर रुपले लिदा बलात्कार
लगायतका घटनामा समेत संलग्न हुन जान्छन् । तसर्थ
सहमतिमा गरिने यौनले फाइदा पुग्दछ । बिबाह
पूर्वनै यौनबारे स्पस्ट जानकारी भइसके पछि त्यसलाई
बुझन सहज हुन जान्छ । जीन्दगिलाई वर्तमान तथा
भविष्यको चिन्तन तर्फ अगाडि बढाउदै लादा
समझदारीमा जीवन जिउन सहज हुन जान्छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...