महिलालाई अश्लिल म्यासेज पठाउने एक जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न सिमकार्डबाट अश्लिल म्यासेज गर्ने काठमाडौं पुरानो बानेश्वर घर भइ काँडाघारी बस्ने ३२ वर्षका शंकर गिरीलाई पक्राउ गरिएको डिएसपी किसनसिंह थापाले जानकारी दिए। उनले धादिङ घर भइ च्यासलमा बस्दै आएकी एक महिलालाई जथाभावी म्यासेज गर्ने गरेको प्रहरीले जनाएको छ ।
ती महिलाले विहे गर्न नमानेपछि आवेगमा आएर अश्लिल म्यासेज पठाएको युवकले प्रहरीसमक्ष बयान दिएका छन्। ती महिलाको नाम गोप्य राखेपछि उनी मोडल हुन्। गिरीलाई विद्युतिय कारोवार ऐन अन्तर्गतको मुद्धामा काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको थापाले बताए।
0 comments
प्रतिक्रिया दिनुहोस्...