काठमाडौंः १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत गुहावाटीमा भइरहेको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।
नेपालका लागि खेलको १५ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाउन सफल भएका हुन् ।
बंगबन्धु गोल्डकपमा माल्भिस्लाई ४-१ ले हराएको नेपाली टिम सोहीस्तरको नतिजा निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
समूह चरणको पहिलो खेलमा नवयुग श्रेष्ठले ह्याट्रिक गरेपछि भुटानलाई ५-० ले पाखा लगाएको नेपाल सेमिफाइलनमा पुगेको हो ।
भुटान र बंगलादेशले गोलरहित बराबरी खेलेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको थियो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...