काठमाडौं, १ फागुन । पाकिस्तानले लडाकू विमान ल्याउने अन्तिम तयारी गरेपछि भारत तनावमा परेको छ ।
आफूलाई थप शक्तिशाली बनाउँदै पाकिस्तानले अमेरिकाबाट एफ-१६ लड़ाकू विमान ल्याउन लागेको हो । अमेरिकाले शुक्रबार औपचारिक रुपमै पाकिस्तानलाई आधुनिक लडाकू विमान दिने निर्णय गरेको छ । उक्त निर्णयप्रति भारत सरकारले दुःख व्यक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले पाकिस्तानलाई आधुनिक लडाकू विमान दिने बराक ओबामा प्रशासनको निर्णयप्रति भारत सरकार निराश रहेको बताए । उनले ट्वीट गर्दै भनेका छन्- ‘हामी पाकिस्तानलाई एफ–१६ विमान बेच्ने ओबामा प्रशासनको निर्णयप्रति निराश छौं ।’
भारतले लडाकू विमानको मद्दतले पाकिस्तानलाई आतंकवादविरुद्ध लड्न सजिलो् हुने अमेरिकाको भनाईमा पनि आपत्ति जनाएको छ । यसविषयमा भारत सरकारले दिल्लीस्थित अमेरिकी राजदूतसँग गुनासो राख्ने स्वपरुपले बताएका छन् ।
अमेरिकी सरकारले शुक्रवार लकहीड मार्टिन कर्पोरेशनद्वारा बनाइएको ८ वटा एफ–१६ विमान पाकिस्तानलाई बेच्ने अनुमति दिएको थियो । विमानका साथै राडार र अन्य उपकरण पनि पाकिस्तानले पाउनेछ । यसका लागि करिब ६९.९ करोड डलरको सम्झौता गरिएको थियो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...