-->
Loading...
२१ औं जनयुद्ध दिवसमा तीनै माओवादीको एउटै मन्च!

दाङमा क्रियाशिल तीन वटा माओवादीले शनिबार एउटै मञ्चमा २१औं जनयुद्ध दिवस मनाएका छन्। सहिद प्रतिष्ठान नेपालद्धारा संचालित सहिद स्मृति आवासिय विद्यालय मानपुरमा एमाओवादी, वैद्य माओवादी र विप्लव माओवादीका जिल्ला प्रमुख सहभागी भएर जनयुद्ध दिवस मनाएका हुन। कार्यक्रममा एमाओवादी दाङका अध्यक्ष कुवेर वली, वैद्य माओवादीका जिल्ला सेक्रेटरी रामबहादुर दहित (अन्जान) र विप्लव माओवादीका जिल्ला सेक्रेटरी बलबहादुर वली (शितल) एउटै मञ्चमा उपस्थित भएर जनयुद्ध दिवसको व्याख्या समेत गरे।
तीन वटै पार्टीका जिल्ला नेताहरुले आफै अघि सरेर उपस्थित सबैलाई अभिर पनि लगाइदिए। संयुक्त रुपमा मैनबत्ती जलाए। जनयुद्ध दिवसको शुभकामना पनि दिए। तीन दलका तीन नेताहरुले पनि आपसमा अभिर लगाएर शुभकामना साटासाट गरे । तीन पार्टीका तीन नेताहरुले आपसमा अभिर लगाउँदै अंकमाल गरेको देख्दा कतिपयले भने खासखुस गरिरहेको देखिन्थे।
मानपुरको सहिद स्मृति आवासिय विद्यालयमा साढे चार सय जति विद्यार्थी अध्यनरत छन्। जहाँ सहिद, बेपत्ता,घाइते,अपाङ्गता भएका व्यक्तिका छोरा/छोरी अध्ययन गर्छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.