एजेन्सी– जन्मदिनको पार्टी चलिरहेको
थियो । पार्टीमा भेला भएका किशोर
किशोरीहरु ‘वाइल्ड’ भएर रमाइरहेका
थिए । स्विमिङ पुलमा पनि उनीहरु
रमाइलो गरिरहेका थिए । त्यसबीच एक
१५ वर्षले भूलबस स्विमिङ पुलमै वीर्य
स्खलन गर्न पुगे । जसका कारण त्यहाँ
रहेका १६ युवती एकैपटक गर्भवती भए । झट्ट
सुन्दा स्वस्थानीको कथा जस्तो लाग्ने
यो घटना अमेरिकाको फ्लोरिडा
राज्यको राजधानी टेल्लेहेस्सीमा
भएको हो । धेरै अनलाईन मिडियाहरुले
कभर गरेको यो घटनाको सत्यतामाथि
प्रश्न भने उठाइएको छ । यद्यपि गर्भवती हुने किशोरीहरु १३ देखि १७ वर्ष उमेरका छन् ।
डालिया जेनिङस नामकी किशोरीको १५ औ जन्मदिवसका अवसरमा आयोजित पार्टीमा यस्तो घटना भएपछि
आश्चर्यचकित हुँदै उनले भनिन्, ‘म खुसी छु , किनकी मैले पनि त्यो दिन स्विम सुट लगाएकी थिइन्, तर म गर्भवती छैन । वीर्य
स्खलन गर्ने किशोरले घटनाबारे भ्रम चिर्दै भनेका छन्, ‘धेरै जना गर्भवती भए । तर म विश्वास दिलाउँन चाहन्छु, मैले कसैसँग
पनि शारीरिक सम्पर्क गरेको छैन ।
यस्तो अनौठो घटनाको कारण औल्याउँदै टेल्लेहेस्सी मेमोरियल हेल्थ केयर अस्पतालका डा. जोन सुजुकिमाले भनेका छन्, ‘
मेडिकल परीक्षणका क्रममा ती किशोरको वीर्य आम मानिसको भन्दा धेरै गुणा शक्तिशाली देखियो । उनको वीर्य
जलचरहरुको जस्तो छ । जुन पानीमा पनि बिग्रदैन । जस्तो कि डल्फिन, सिल आदि । यस घटनाको थप गहिराई बुझ्न अरु
परीक्षणहरु पनि गर्नुपर्ने हुन्छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...