जाजरकोट– आमा बुवाको काखमा हाँस्दै खेल्दै हुर्किनुपर्ने उमेरकी एक बालिकाको दर्दनाक कथा बाहिर आएको छ । यो कथा हो जाजरकोटकी कालिका शाहीको । उनको यो कथा हामीले यसकारण महत्वको साथ प्रकाशित गरेका छौँ, कि सहयोगी हातहरु उनीसम्म पुगुन । १२ बर्षीय कालिकाको कथा तपाईले यसकारण जान्न आबश्यक छ, यो देशका बालबालिकाहरु कस्तो अबस्थामा बाँचिरहेका छन् ।
को हुन कालिका ?
जिल्ला सदरमुकामदेखि उत्तर पश्चिममा रहेको अर्छानी गाविस ८ टाँकाचौर निवासी हुन कालिका । उनको उमेर अहिले १२ वर्षको भयो । जन्मेको नौ दिनमै उनी विरामी भइन्, नतिजा उनको नाँक नै हरायो । उनको नाँक मात्र हराएन, हात, खुट्टा र ढाँड पनि लुलो भयो । शरिरका विभिन्न भागमा समस्या देखा पर्यो ।
शारिरिक समस्या झेलेकी कालिकालाई पाँच बर्षको उमेरमा अर्को झट्का लाग्यो ।
। घाँस काट्न जंगलमा पुगेकी उनकी आमा नन्दकला शाहीको भिरवाट लडेर मृत्यू भयो । पाँच वर्ष पुग्दै उनको जीवनमा आएको त्यो दूर्भाग्यले भविष्य थप कठोर बनाईदियो ।
आमाको मृत्युपछि उनी बुबा, दिदी र दाजुसँग थिइन । उनका बुवालाई दमको रोगले सतायो । दमको उपचारका लागि दाजु तिलकबहादुरलाई साथ लिएर वुवा मान बहादुर भारत गए । उनीहरु एक बर्ष अगाडि भारत गएका हुन् । तर, भारत गएका बुवा र दाजू कहाँ छन् ? केही खवर छैन ।
ठुली दिदी हँस कुमारी शाहीले पनि विवाह गरेको ६ वर्ष वितिसकेको उनकी माईली दिदी रमिता शाहीले वताईन् । कक्षा १० मा अध्ययनरत १६ वर्षिय रमिता नै हाल कालिकाको जीवन सहारा वनिरहेकी छिन् । घरमा कमाई गर्ने र वहिनीको लागि जिम्मा लिने मान्छे कोही नभएपनि वहिनीको लागी आफुले जेपनि गर्न तयार रहेको रमिताको भनाई छ । कुल गएर आफ्नो पढाई भ्याउनु, घरमा आएर घरको सम्पूर्ण जिम्मेवारी पुरा गर्नु र वहिनी कालीकाको स्याँहर सुसार गर्नु रमिताको दैनिकी हो ।
यसरी पुगकी थिइन सदरमुकाम
कस्टकर जीवनको दैनिकी विताईरहेकालाई परिचय–पत्रका आधारमा सरकारले सहयोग गर्छ भन्ने दिदी रमिताले सुनेकी थिइन् । स्कूलमा पनि यो विषयमा कुरा हुन्थे, गाँउ घरमा पनि । परिचय–पत्र बनाए सरकारी सहयोग आउने आशामा बहिनी कालिकालाई लिएर रमिता तीन दिन अगाडि सदरमुकाम पुगेकी थिइन । १५ कोषको दूरी हिडेर उनीहरु सदरमुकाम पुगेका थिए । तर, उनले आजसम्म अपाङ्ग परिचय–पत्र पाएकी छैनिन् । कालिकाको पहिला उपचार भएपछि उनको बर्गको अपाङगता परिचय–पत्र दिने भन्ने निर्णय महिला तथा बालबालिका कार्यलयले लिनेछ । परिचय–पत्रका लागि पनि एक चरणको उपचार अनिवार्य भएको छ । तर, रमितासँग बहिनीलाई काठमाडौं लगेर जाँच गर्ने
जिल्ला अस्पतालले काठमाडौं सिफारिस गर्यो
परिचय–पत्र बनाउन सदरमुकाम आएकी कालिकाको त्यहाँस्थित जिल्ला अस्पतालमा परीक्षण भयो, त्यो पनि उपचार होइन । परिचय पत्र दिने निकाय महिला तथा वालवालिका कार्यलयले परिचय–पत्र दिनुभन्दा पहिला डाक्टरको रिपोर्ट पाग्यो । त्यही रिपोर्ट बनाउन उनी अस्पताल गएकी थिइन । तर, जिल्ला अस्पतालमो त्यो तहको उपचार भएन । बरु जिल्ला अस्पताल जाजरकोटले सुस्मा मेमोरियल अस्पताल काठमाडौं वा काठमाडौं मोडेल अस्पतालमा सिफारिस गरेको छ । तर, रमितासँग बहिनीलाई उपचार गर्ने पैसा थिएन । काठमाडौ जाने भाडा थिएन । उनी उनी बहिनी कालिकालाई लिएर गाँउ फर्किइन । गाँउमा कसैले ऋण सहयोग गरे बहिनीलाई काठमाडौं लगेर उपचार गराउने दिदी रमिताको चाहना छ । रमिताले घर वारी बन्धकी राखेर भएपनि ख्ण पाए बहिनीको उपचार गराउने आफ्नो चाहना रहेको बताइन् ।
उता जिल्ला अस्पतालले उपचार भए कालिका ठीक हुने बताएको छ । उनको उपचारपछि देखिने शारिरीक अबस्थालाई हेरेर मात्र कुन वर्गको अपाङ्ग परिचय–पत्र दिने भन्ने टुंगोे लाग्ने महिला तथा वालवालिका कार्यालय प्रमुख प्रज्ञा निरौलाको भनाई छ ।
रातोपाटीको आग्रह
हामीले विभिन्न समयमा आर्थिक रुपले विपन्न उपचार नपाएर मृत्यसँग लडिरहेका व्यक्तिहरुको समाचार महत्वका साथ प्रकाशित गर्दै आएका छौँ । केही दिन अगाडि माज्ञ १२ दिनको बच्चा बन्धक राखेर सुत्केरी आमालाई पैसा खोज्न माइती गाँउ पठाएको पाल्पाको नीजि अस्पतालको अमानवीय कार्यको भण्डाफोर गरेका थियौँ । उक्त समाचार प्रकाशित भएपछि पीडित महिलालाई धेरैले सहयोग गर्नुभएको थियो । उक्त समाचार पढन चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोस,
एउटा समाचार जसले बन्धक बनेको १२ दिनको बच्चालाई आमाको काख दिलायो
हामी चाहन्छौँ, जाजरकोटकी कालिकाको उपचारमा पनि तपाईहरुको सहयोग जुटोस । जिल्ला अस्पताल जाजरकोटले सुस्मा मेमोरियल अस्पताल काठमाडौं वा काठमाडौं मोडेल अस्पतालमा गएर उपचार गराउन सिफारिस गरेका छ । यसकारण ती दुई अस्पतालले पनि ती दुःखी बालिकाको जीवनमाथि चासो राख्नेछन् हाम्रो विश्वास छ ।
तपाई ति बालिकासम्म पुग्न चाहनुहुन्छ भने रातोपाटीको काठमाडौंस्थित केन्द्रीय कार्यलयको टेलिफोन नम्वर ५५४७७५० वा जाजरकोटस्थित रातोपाटीका संवाददाता हेमन्त केसीलाईलाई ९८५८०५००२८ सम्पर्क गर्नसक्नुहुनेछ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...