काठमाडौं – कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निजी सम्पत्ति केही थिएन । उनको बैँक खाता पनि थिएन ।प्रधानमन्त्री हुँदा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा तीन ओटा मोवाइल सेट मात्र भएको जनाइएको थियो । निधन हुनुअघि कोइरालाले प्रयोग गर्ने कपडा र मोबाइल सेट निधनपछि कोइराला निवासमै छन् ।
कोइराला परिवारकी सदस्य मृदुला कोइरालाले उनको नासो अब पार्टीले लिनुपर्ने बताइन् । ‘उहाँ नेपाली कांग्रेसको इमान्दार नेता हुनुहुन्थ्यो । अब उहाँको नासो पार्टीले लिनु्पर्छ,’ मृदुलाले भनिन् ।
सुशील बुद्धनगर बस्दा उनले प्रयोग गरेको कपडा र अन्य सामान भान्जा रमेश भण्डारीले अझै सुरक्षित राखेका छन् ।
सुशीलले प्रयोग गर्ने कोठाहरु पनि भण्डारीले भाडामा नलगाई यत्तिकै राखेका छन् । ‘उहाँले प्रयोग गरेका कोठाहरु पनि भाडामा नदिर्इ त्यत्तिकै राखेको छु’ भान्जा भण्डारीले भने ।
0 comments
प्रतिक्रिया दिनुहोस्...