-->
Loading...
सुन्नुस त हेल्लो हाई ! अब बाट गाउँ-घरमै वाई फाई

सरकारले समग्र विकासका लागि गााउँगाउँमा वाइफार्इ पुर्याउने भएको छ ।संघीय मामिला तथा स्थानीय मन्त्रालयले भौतिक पूर्वाधार, ग्रामीण पर्यटन, शिक्षा, स्वास्थ्य, गरिबी निवारण, रोजगारी प्रर्वद्धन र सुशासन जस्ता क्षेत्रको समग्र विकासको लागि वाइफाइ पुर्याउने भएको हो ।
‘खासमा इन्टरनेट सेवा विस्तार गरी सबै नागरिक माझ पुराउने काम दुरसञ्चार प्राधिकरणको हो । तर स्थानीय विकास मन्त्रालयले लामो समयदेखि दर्जन भन्दा बढी मन्त्रालयका काम गर्दै आएको छ’ मन्त्रालयका स्वायत्त शासन समन्वय महाशाखाका प्रमुख रेश्मीराज पाण्डेले भने, ‘जनताको नजिकको सरकार भएका कारण् शिक्षाा,स्वास्थ्य, विकास, संस्कृति र पर्यटन विकासलगायतका कामसँगै इन्टरनेटलाई व्यापकता दिने सोच अघि बढाएको हो । प्राधिकरणको सहयोगमा गाउँगाउँमा वाइफाई पुर्याउन जुटेका हौं ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.