-->
Loading...
विरगन्ज र रक्सौलको नाका ६ महिना थुनेको मोदीले आफ्नै ग्राउन्डमा गोल पोस्ट छेक्न सकेन !

काठमाडौँ, ३ फागुन । आफ्नो घरेलु मैदानमा आयोजक भारतलाई पराजित गर्दै नेपालले बाह्राँै दक्षिण एसियाली खेलकुद (साग) मा तेइस वर्षपछि स्वर्ण पदक जितेको छ । इन्दिरा गान्धी स्टेडियम, गुवाहाटीमा भारतलाई २–१ ले पराजित गर्दै नेपालले क्षेत्रीय खेलकुदको उपाधिमाथि कब्जा जमाएको हो । नेपालको जितमा प्रकाश बुढाथोकीले ६६ औँ तथा नवयुग श्रेष्ठले ७० औँ मिनेटमा गोल गरेका थिए ।
एक गोलले पछि परेको नेपालले खेलमा फर्कँदै भारतलाई उपाधि विमुख गराएको हो । यसअघि भारतले हलिचरण नाजारेको प्यानल्टी गोलको मद्दतले पहिलो हाफको ३२ औंँ मिनेटमा अग्रता लिएको थियो । नेपाली रक्षक आदित्य चौधरीले डि–एरियामा भारतका उदन्त सिंहलाई फल गरेपछि उसले प्यानल्टीको अवसर पाएको थियो जसलाई नाजारेले सजिलै गोलमा परिणत गरे । गोल खाएर सम्हालिएको नेपालले त्यसपछि केही राम्रा आक्रमण ग¥यो ।
नेपालका लागि बुढाथोकीले गर्दै खेल बराबरीमा ल्याएका थिए । उनले आकर्षक फ्रि–किक मार्फत गोल गरेका हुन् । त्यसपछि पनि नरोकिएको नेपालका लागि ७० र्औं मिनेटमा श्रेष्ठले गोल गर्दै अग्रता दिलाए र अन्त्यमा सोही गोल निर्णायक बन्यो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.