अमेरिकास्थित क्यालिफोर्नियाका बैज्ञानिकहरुले भूकम्पको बारेमा थाहा पाउन मद्दत गर्ने एप बनाएका छन्। ‘माइशेक’ नामका यो एपको मद्दतले भविष्यमा आउन सक्ने भूकम्पाट सावधानीका साथै केही हदसम्म ज्यान पनि जोगाउन मद्दत पुग्ने बताइएको छ।
अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार यो एपले फोनको मोसन सेन्सरको मद्दतले जमिनको तलको भागमा भएको कुनै पनि किसिमको हलचल पत्ता लगाउँछ। मोबाइल ब्याग वा गोजीमा भएको बेला पनि यसले काम गर्ने बताइएको छ।
यो प्रोजेक्ट संचालन गरिरहेका प्रोफेसर रिचर्ड एलेनका अनुसार यो एप निर्माताहरु हजारौँ फोन प्रयोगकर्ताको मद्दतबाट एक डाटा नटवर्क तयार गर्न चाहन्छन् जसले आउने भूकम्पबाट सावधान रहन मद्दत गर्छ।
0 comments
प्रतिक्रिया दिनुहोस्...