एजेन्सी, फागुन । चर्को संगीतले मानिसको यौन जीवनमा सकारात्मक भूमिका खेल्ने तथ्य सार्वजनिक भएको छ । अडियो हार्डवेयर कम्पनी सोनोस र एप्पल म्युजिकले ३० हजार जना मानिसमा गरेको अनुसन्धानका क्रममा यस्तो तथ्य पत्ता लागेको हो । ठूलो आवाजमा गित सुन्नाले पुरुषमा छिटो स्खलन हुने समस्या कम हुनुका साथै यौनमा चरम आनन्दमा पनि वृद्धि हुने अनुसन्धान कर्ताले जनाएका छन् । सँगीतले मानिसको मस्तिष्कमा डोपामाइन नामक न्युरोट्रान्समिटर रसायनको उत्सर्जन गराउँदछ । जसले मानिसलाई सन्तुष्टिको आभाष गराउँदछ ।
संगीत सुन्दा मानिसको मस्तिष्कबाट अक्सिटोसिन हर्मोन पनि उत्सर्जन हुन्छ, जसलाई लभ हर्मोन पनि भनिन्छ । यो हर्मोनको उत्सर्जनले मानिसमा कस्तो प्रभाव पार्छ, त्यो बुझ्नका लागि त यसको नामै काफी छ । मानिसमा संगीतले पार्ने असरका बारेमा २० वर्षदेखि अनुसन्धान गर्दै आएका उनले दिस इज योर ब्रेन अन म्युजिक द साइन्स अफ ह्युमन अब्सेसन नामक किताब पनि लेखेका छन् ।
अनुसन्धानमा सहभागी परिवारहरुलाई सुरुको हप्ता मन्द स्वरमा संगीत सुन्न लगाइयो । दोश्रो हप्तामा भने सोनोस सिस्टम तथा एप्पल म्युजिकबाट उनीहरुलाई ठूलो आवाजमा गीत सुन्न भनियो । त्यस समयमा सबै सहभागी परिवारको लागि गरेर कुल ४४ हजार घण्टासम्म जम्मा ८ हजार १२४ गीत बजाईएको थियो । चर्को आवाजमा पर्याप्त संगीत सुनेको दोश्रो हप्तामा दम्पतीहरुबीच एक आपसमा बढि कुराकानी हुन थाल्यो । उनीहरुले सँगै गीत गाउन थाले, नाच्न थाले, हाँसे, रोए र धेरै समय सँगै बिताए । समग्रमा चर्को आवाजमा सँगीत सुन्नेहरुले ६७ प्रतिशत बढि सम्भोग गरेको अनुसन्धानले देखाएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...