काठमाडौं, २ फागुन । फेब्रअरी १४ अर्थात प्रणय
दिवस (भ्यालेन्टाइन डे) । सबैले प्रेम साटासाट गरि
मनाइरहेका छन् ।
तर, धेरैले आजकै दिन प्रेमको अन्त्य समेत गर्छन् । तर,
प्रेमको अन्त्य जुनसुकै बेला पनि हुनेगर्छ । त्यसमध्ये
केही निकै चर्चित हुन्छ । यसमा पर्ने एउटा प्रेम
कहानीको नाम हो स्व. युवराज दिपेन्द्र शाह र
देवयानी राणा । दुःखद रुपमा टुंगिएको यो प्रेम
कहानी नेपाली समाजमा बर्षाैदेखि निकै
चर्चामा छ ।
राप्रपा नेता पशुपति राणाकी छोरी देवयानी र
राजदरबारका युवराज दीपेन्द्रबीच निकै
लामोसमयसम्म प्रेम सम्बन्ध रहेको बताइन्छ । तर,
राजपरिवारले देवयानीसँग विहे गर्न अनुमति
दीपेन्द्रलाई नदिएपछि उनले बंशनास हुनेगरी दरवार
हत्या काण्ड मच्चाएको दावी गरिन्छ तर,
त्यसलाई नेपाली समाजले अझै स्वकारेको छैन् ।
२०५८ साल जेठ १९ गते रातिको यो दुःखद
घटनामा जोडिएका दीपेन्द्र अहिले यो संसारमा
छैनन् । उनकी प्रेमिका देवयानी राणा बाँचेरपनि
खुसी छैनन् ।
प्रेमी दीपेन्द्रको मृत्युपछि भारतीय घरानाको
बुहारी बन्न पुगेकी देवयानी अहिले निकै तनावमा
छिन् । उनको बैवाहिक जीवन सम्बन्ध बिच्छेद
अर्थात डिभोर्सको चरणमा छ । यसको कारण
यौन सन्तुष्टि रहेको खुलासा भएको छ ।
समाचार अनुसार उनका पतिको यौन क्षमता निकै
कमजोर थियो । जून विहेअघि लुकाइयो । अहिले
आएर थाहा पाएपछि सहन नसकी उनी डिभोर्सको
चरणमा पुगेको उनी निकस्थ नातेदार बताउँछन् ।
भारतका पूर्व केन्द्रीय मन्त्री एवं कांग्रेसआईका
नेता अर्जुनसिंहकी बुहारी बनेकी देवयानीले
पारिवारिक तनाव ब्यहोर्दै आएकी थिइन । ८ वर्ष
पहिले कुँवर ऐश्वर्य सिंहसँग विहे गरेकी देवयानीको
पारिवारिक सम्बन्ध राम्रो नबनेपछि उनी
दिल्लीमा अलग्गै बस्दै आएकी छिन् ।
सन् २००७ मा ३६ बर्षीया देवयानी र ३२ बर्षीय
कुँवरबीच बिवाह भएको थियो । पारिवारिक
सम्बन्ध राम्रो नभएपछि दिल्लीको कालन्दीमा
बस्दै आएकी देवयानीको सम्बन्ध बिच्छेद प्रक्रिया
अदालतमा पुगेको छ ।
उनीहरुबीच सम्बन्ध बिच्छेद गर्ने सहमति भएपनि केही
बर्ष पहिले देवयानीले टेष्टट्यूव बच्चा जन्माएकी
थिइन । त्यो बच्चा को सँग राख्ने भन्नेमा बिवाद
चलिरहेको छ ।
पति कुँवर ऐश्वर्यले यौन सन्तुष्टी दिन र बच्चा
जन्माउने क्षमता नराखेपछि यी दुईबीच सम्बन्ध
बिग्रिदै गएको हो ।
भनिन्छ हरेक आमालाई विहेपछि सन्तानको
चाहना हुन्छ जून इच्छा देवयानीका पतिले पुरा गर्न
सकेनन् । फलस्वरुप उनले टेष्टट्यूव बच्चाको सहारा
लिनुपर्यो । जसका कारण उनी डिभोर्सको
निर्णयमा पुगिन् । दैनिक नेपाल डट कमबाट
0 comments
प्रतिक्रिया दिनुहोस्...