पछिल्ला केहि हप्ता देखि अभिनेता टेरी क्रुको एक भिडियो सिरिज लाखौं दर्शकले हेरेका छन्। जसमा उनले पोर्नोग्राफीको लतसँग आफूँ कसरी जुधें भन्ने सविस्तार बताएका छन्। के पोर्न एक लत हो? यो प्रश्न उठ्न थालेको छ। क्रु ले आफ्नो तीन भागमा रहेको भिडियो सिरिजलाई 'डर्टी लिटिल सिक्रेट्स' नाम दिएका छन्।
उनले आफु १२ बर्षको हुँदा देखिबाट नै पोर्न हेर्न थालेको स्विकार गरेका छन्। उनको यो पहिलो भिडियो सिरिजलाई ३० लाख भन्दा धेरै पटक हेरिएको छ र हजारौं संख्यामा कमेन्ट छन्।
पूर्व अमेरिकी फुटवल खेलाडी रहेका क्रु अहिले टेलिभिजन र फिल्मको भूमिकाबाट चिनिन्छन्। 'पोर्नोग्राफीले बास्तवमा मेरो जीन्दगी विभिन्न तरिकाले बर्वाद भएको छ। दिन रातमा बदलिन्छ र पनि तपाई यहि हेर्दै हुनुहुन्छ भने यसको अर्थ तपाइलाई कुनै समस्या छ। मेरो जीन्दगीमा पनि यस्तै भयो' उनले भनेका छन्।
यहि लतका कारण पत्नी गास्पल गायिका रेबेका किंग क्रुसँग उनको सम्वन्ध विग्रिएको स्विकार गरेका छन्। यहि कारण अस्थायी रुपमा श्रीमातीसँग भिन्दै बस्न थाले।
फेसबुकमा हजारौं मानिसले क्रुको इमान्दारिताको सराहना गरेका छन्। तर पनि 'पोर्नको लत' बारेका बिचार निकै विवादास्पद छन्।
अमेरिकी सायकाइट्रिक एसोसिएशनले जारी गरेको 'डायग्नोस्टिक एन्ड स्ट्टिस्टिकल म्यानुअल' को नयाँ संस्करणमा यसलाई विकृतिको रुपमा राखिएको छैन।
केहि विशेषज्ञका अनुसार पोर्न हेर्नेहरुको दिमाग, ड्रग्स प्रोयोगकर्ताको दिमाग जस्तै काम गर्ने हुन्छ।
यस सगँग जोडिएका प्रमाणहरु केहि विरोधाभासी छन्। लस एन्जलसको क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ता निकोल प्राजले पोर्नलाई रक्सी र ड्रग्सको लतसँग जोड्न नमिल्ने बताएका छन्। प्राजलेले मस्तिष्क विज्ञानका अनुसार पोर्न तल नभएको तर यसलाई नशाका रुपमा हेर्दा प्रतिकुल असर पर्न सक्ने बताएका छन्।

0 comments
प्रतिक्रिया दिनुहोस्...