-->
Loading...
म्यानपावर व्यवसायीलाई मन्त्रीको जावाफ : प्रहरीलाई ऐन कार्यान्वयन गर्न श्रम मन्त्रालयले रोक्न सक्दैन - See more .....

काठमाडौं – श्रम तथा रोजगारमन्त्री दिपक बोहोराले ऐनले दिएका दफा कार्यान्वयन गर्न प्रहरीलाई श्रम मन्त्रालयले रोक्न नसक्ने बताएका छन् । प्रहरीले विभीन्न १८ म्यानपावर सञ्चालकलाई पक्राउ गरी कारवाही गरेको विषयमा गुनासो गर्न पुगेका म्यानपावर व्यवायीलाई मन्त्री बोहोराले यस्तो जवाफ दिएका हुन् ।
‘तपार्इँहरु प्रति कुनै ढंगले अन्याय हुँदैन,’ मन्त्री बोहाराले भने, ‘तर एनेले दिएका दपाmहरुलाई कार्यान्वयन गर्ने विषयमा श्रम मन्धालयले रोक्न सक्दैन ।’
उनले प्रहरीले बोलाउँदैमा कोही व्यक्ति पनि दोषी करार नहुने भएकोले निर्धक्क भएर कारोबार गर्न आग्रह गरेका छन् । व्यवसायीहरुले आफूहरुलाई सरकारका विभीन्न निकायले तर्साएको गुनासो पोखेका थिए । ‘हामीलाई कहिले प्रहरीले छापा मार्छ, कहिले राजस्वले कहिले अख्तियारले’ व्यवसायीहरुले भने ‘मन्त्री ज्यु, तपाईँ हाम्रो अविभावक हो, हामीलाई हैरानी पार्नबाट रोकिदिनुप¥यो नत्र हामी कम्पनी बन्द गर्न बाध्य हुन्छौँ ।’ जवाफमा मन्त्री बोहोराले अहिले बन्द गर्नुपर्ने आवश्यकता नभएको बताए ।
फागुन १२ गते प्रहरीले म्यानपावरमा छापा मारेर सञ्चालकलाई पक्राउ गरेको थियो । १३ गते प्रहरी अधिकारीहरुसंग मन्त्रालयको छलफलमा बैदेशिक रोजगार मुद्धा नभएर मानव बेचविखन र बैदेशिक मुद्रा अपचलनको विषयमा प्रहरी उच्च अधिकारीहरुलाई आफूलाई जानकारी गराएको भएपनि अहिले पक्राउ परेकाहरुलाई कुन मुद्धा चलाउने भन्ने विषयमा जानकारी नगराएको मन्त्री बोहोराले बताए । ‘१३ गते भएको छलफलमा प्रहरी प्रमुखले मानव बेचविखन र बैदेशिक मुद्रा अपचलनको विषयमा जानकारी दिएपनि अहिलेसम्म के कारणले गर्दा कार्वाही गरीएको हो भन्नेबारे भने जानकारी गराउनुभएको छैन ’ मन्त्री बोहोराले भने ‘त्यो पत्ता लगाएपछि समस्या समाधान गर्न समन्वयकारी ढंगले अगाडी बडाउन पहल गर्नेछौँ ।’
मानव बेचविखन र बैदेशिक मुद्रा अपचलनको कुरा मन्त्रीले गरेपछि व्यवसायीहरु तर्सेर ऐनको किताव पल्टाउँदै आफूहरुलाई त्यस्ता मुद्धा चलाउन कानुनले अधिकार नदिएको दावी गरेका थिए ।
मन्त्री बोहोराले आफूले भोली प्रहरी अधिकारीहरुसंग छलफल गर्ने र पर्सी फेरी व्यवसायीसंग बसेर छलफल गरी समस्या समाधान गर्ने जानकारी दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.