झापा १९ फागुन । झापाको गौरादहमा रहेको एक पेट्रोल पम्पमा शिलवन्दी गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य तोकेभन्दा बढी लिएर उपभोक्त ठग्ने गरेको पाइएपछि नवदुर्गा आयल स्टोर पेट्रोल पम्पमा आज शिलवन्दी गरिएको नेपाल आयल निगमका प्रतिनिधि लोकमणि पौडेलले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय झापा , नापतौल गुणस्तर नियन्त्रण कार्यालय विराटनगर र नेपाल आयल निगमबाट खटिएको संयुक्त अनुगमन टोलीले पम्पमा शिलवन्दी गरेको बताइएको छ ।
उक्त पम्पले पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपैयाँ बढी मूल्य लिएको पाएपछि अनुगमन टोलीले पम्पमा शिलवन्दी गरेको हो । अनुगमन टोलीले यस अघि झापाको भद्रपुरका रहेको आर्या ट्रेड , मातृ आयल र पवित्रा पेट्रोल पम्पपनि शिलबन्दी गरेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...