-->
Loading...
एक वर्ष अन्तरिक्षमै बसेर फर्किए केली

एजेन्सीः अमेरिकी अन्तरिक्षयात्री स्कट केली तथा रुसी अन्तरिक्षयात्री मिखाइल कानिएंको अन्तरिक्षमा एक वर्ष बताएर धर्तीमा फर्किएका छन् ।
अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा आम मानिसहरुले बिताउने समय भन्दा उनीहरुले दुई गुणा बढी समय अर्थात तीन सय ४० दिन बिताए ।
उनीहरुको उक्त अवधिसम्मको बसाईले लामो समयसम्म अन्तरिक्षमा बस्दा मानिसका शरीरमा कस्तो असर पर्दछ भन्ने कुराको अध्ययन गर्न सजिलो हुने बैज्ञानिकहरुको दाबी छ ।
वैज्ञानिक स्कट केलीको शरीरको तुलना उनका जुम्ल्याहा भाइ मार्कसँग तुलना गरेर जानकारी लिइने छ ।
सोयूज केप्सूल केली कोर्निया तथा रुसी मिशनका दोस्रो सदस्इ सर्गेई वोल्कोवलाई लिएर कजाखस्थानको स्टेपी मैदानमा उत्रिएका थिए ।
यो मिसन अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा एक रेकर्ड हो । केलीले यसका साथै अन्तरिक्षमा आफ्ना चार यात्रामा कुल ५२० दिन बिताएका छन् ।
केलीले आफ्ना साथमा रकेट (सलाद) का बीउ पनि ल्याएका छन् । जसलाई डिसेम्बरमा अमेरिकी अन्तरिक्ष यात्री टीम पिक उगानेले लिएर गएका थिए ।
यो बीउ स्कुलमा बाँडिनेछ । ताकि विरुवाको वृद्धिबारे वैज्ञानिकले अनुसन्धान गर्न सकुन् । वैज्ञानिकको चाहना जमिन र अन्तरिक्षमा एउटै विरुवा कसरी वृद्धिविकास हुन्छ भन्ने जान्न चाहन्छन् ।
धर्तीमा उत्रिएपछि पहिलो कमाण्डर केलीले सञ्चारकर्मीसँग भनेका थिए, 'शारीरिक रुपमा राम्रो महशुस गरेको छु । तर, पृथ्वीमा रहेका आफ्ना आफन्तहरुसँग टाढा हुँदा मुस्किल भयो ।'
कजाखस्तानबाट केली अमेरिकाको ह्युस्टन जाँदैछन् । जहाँ अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका सोधकर्ताले उनको वैज्ञानिक परीक्षण गर्ने छन् ।
उनका जुम्ल्याहा भाइ मार्क केली पनि एक एस्ट्रोनाट थिए । अहिले रिटायर भएका छन् । उनको पनि वैज्ञानिक परीक्षण हुनेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.