-->
Loading...
‘हिम्मतवाला’का लागि सुदर्शनले भेटे हिरोइन

काठमाडौं–अभिनेत्री रेखा थापाले निर्माण र अभिनय गरेको “हिम्मतवाली” चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक सुदर्शन गौतम अहिले नयाँ चलचित्र “हिम्मतवाला”को तयारीमा जुटेका छन् ।
अप्रिलको पहिलो हप्ताबाट छायांकन सुरु हुन लागेको यो चलचित्रमा सुदर्शन सोलो नायकको रुपमा देखा पर्दैछन् ।
क्यानडा र अमेरिकामा छायांकन हुन लागेको “हिम्मतवाला” का लागि नायिका पनि छनोट गरिएको छ । गायिका तथा मोडल स्मृति पोखरेल चलचित्र “हिम्मतवाला”की नायिकामा पक्का भएकी छिन् । अष्ट्रेलियामा बस्दै आएकी स्मृति अहिले नेपालमा नै छिन् । नेपालमा रहेकी स्मृतिले चलचित्रबारे कुरा गर्दै आफु चलचित्र “हिम्मतवाला”लाई लिएर निकै उत्साहित रहेको बताइन् । उनले भनिन्, “म सुदर्शन गौतमसँग काम गर्दैछु भन्ने कुराले अझ बढि उत्साहित भएको छु । उहाँ आफैंमा हिम्मतवाला भएका कारणले पनि मलाई यो चलचित्रले आफ्नो करियर अगाडी बढाउन मद्दत पुग्छ भन्नेमा ढुक्क छु ।” उनले अगाडी थप्दैं भनिन्, “म खासमा गायिका हुँ । मैंले दुईवटा एल्बम पनि ल्याइसकेको छु । हालै मैंले पपस्टार एल्बम लिएर स्रोतामाझ आएको छु । गायनमा झै मलाई दर्शकहरुले चलचित्रको पर्दामा पनि रुचाउनुहुनेछ भन्नेमा विश्वस्त रहेको छु ।”
कुराकानीको क्रममा उनले आफ्नो चलचित्र भित्रको भुमिका खुलाउन नचाहेपनि आफु चलचित्रको लिड कलाकार रहेको बताइन । यो चलचित्रको छायाँकनका लागि उनी मार्चमा क्यानडा प्रस्थान गर्नेछिन् ।
पुराना कलाकार समेत रहेका ईश्वर थापाले निर्देशन गर्न लागेको यो चलचित्रलाई हरि सिवाकोटीले निर्माण गर्न लागेका हन् ।
यस चलचित्रमा नायक दीलिप रायमाझीले नृत्य निर्देशनको जिम्मा सम्हालेका छन् भने चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहनेछ ।
यो चलचित्रमा सुदर्शन गौतम, स्मृति पोखेरेलको साथमा नेपाली चलचित्रका खलनायक पुष्कर भट्टको पनि मुख्य भुमिका रहने क्यानडाबाट चलचित्रका निर्माता हरि सिवाकोटीले जानकारी दिए । एक्शन थ्रिलर कथामा निर्माण हुन लागेको यो चलचित्रका लागि आफुले अहिले वर्कसप गरिरहको अमेरिकाबाट चलचित्रका नायक सुदर्शन गौतमले बताए ।
सुदर्शनले अभिनय गरेको पहिलो चलचित्र हिम्मतवाली सफल भएको थियो । हाल अमेरिकाको न्यूयोर्क शहरमा मलिङ्गगो नामक रेष्टुराँ सञ्चालन गरिरहेका सुदर्शन चलचित्रको शिलशिलामा चाँडै नेपाल आउने पनि जानकारी दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.