काठमाडौं – गोमा एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । बुधबार बिहान लुक्लाको लागि उडेको विमानमा चरा ठोक्किए पनि ठूलो क्षति हुनबाट जोगिएको हो ।
त्रिभुवन विमानस्थलका अनुसार गोमा एयरको ९एनएकेजेड कल साइनको विमानमा बिहान पौने ९ बजे चरा ठोक्किएको थियो ।
चरा ठोक्किएपछि विमानलाई त्रिभुवन विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको थियो ।
त्रिभुवन विमानस्थल अधिकारीका अनुसार अहिले विमानको जाँच भइरहेको छ ।
यता, विमानमा पंखामा चरा ठोक्किएको गोमा एयरले जनाएको छ । प्लेनमा खासै क्षति नभएको एयरलाइन्सका कर्मचारीले बताए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...