-->
Loading...
उदयपुरमा मोटर साइकल चोरी गर्ने गिराेह पक्राउ

सुखिलाल चौधरी / उदयपुर– उदयपुरमा मोटर साइकल चोरी गर्ने एक जनालाई शुक्रबार पक्राउ परेका छन् । जोगिदह गाविस–३ बस्ने मोहमद साखिरलाई मोटर साइकल बेचिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।मो. साखिरले गत भाद्र ९ गते जोगिदह गाविस–६ बस्ने इन्द्र बहादुर मोचिको घरबाट स.३ प ४८०९ नम्बरको यमाहा कम्पनीको मोटर साइकल चोरी गरी बेचेको अवस्थामा पक्राउ परेको हो ।
पक्राउ परेका आरोपी साखिरले त्रियुगा नगरपालिका–१० देउरी स्थित मनोज चौधरीको मोटर साइकल ग्यारेजमा बेचेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओमबहादुर रानाले बताए ।यस्तै चोरीको मोटर साइकल किनेको भन्दै चौधरीलाई समेत पक्राउ परेको छ । दुवैमाथि चोरीको महल अन्र्तगत मुद्धा दर्ता गरेको डिएसपी रानाले बताए


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.