-->
Loading...
म्यानचेस्टरका ७३ वर्षीय कट्टर समर्थक, जसलाई भेट्न खेलाडी अस्पताल पुगे

म्यानचेस्टर युनाइटेडका एक कट्टर समर्थक प्याट्रिक ललेरको मर्नुभन्दा अघिको एउटा अधुरो सपना पुरा भएको छ। ७३ वर्षीया प्याट्रिकको सपना थियो, ‘उनी मर्नुअघि म्यानचेस्टरका खेलाडीले उनलाई हेर्न अस्प्तालमा आउन्।’
उनको त्यो सपनालाई म्यानचेस्टरका ४ खेलाडीले पुरा गरिदिएका छन्। क्लबका खेलाडी मार्कुस रसफोर्ड, जेसी लिनगार्ड, एस्ले यङ र टिमोथी फोसु–मेनशा प्याट्रिकलाई भेट्न अस्पताल पुगेका थिए।
प्याट्रिकको स्वास्थ्य अवस्था बिग्रिएपछि उनकि नातिनी केलिग ललेरले गत आइतबार सोसल मिडियाबाट सार्वजनिक अपिल गरेकी थिइन्। जसलाई हजारौले सेयर गरेका थिए। यसपछि क्लबका खेलाडी उनलाई हेर्न मंगलबार अस्पताल पुगेका थिए।
खेलाडीलाई भेटेको ४५ मिनेटपछि उनको निधन भएको थियो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.