-->
Loading...
पहिरोले एकै परिवारका चारको मृत्यु

बागलुङ / घरमाथिबाट खसेको पहिरोमा परी बुङ्गादोभान–४ रिङ्लाङस्थित एकै परिवारका चारजनाको मृत्यु भएको छ ।  गएराति खसेको पहिरोमा परी गङ्गाधर रोकाकी ३८ वर्षीया श्रीमती भीमकुमारी, १४ वर्षीया छोरी इन्द्रकुमारी, १२ वर्षीय छोरा इन्द्रजीत र नौ वर्षीया छोरी मायादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ठूलो ढुङ्गासहित खसेको पहिरोले रोकाको घर पूर्णरुपमा क्षति भएको जनाइएको छ । उद्धार र घटनाको अनुसन्धानका लागि बुङ्गादोभान प्रहरी चौकी र इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी खटिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिनुभयो । रोकाको घरमा रहेका ३० भन्दा बढी कुखुरा पनि पहिरोमा परी नष्ट भएको प्रहरीले जनाएको छ । 
Purbeli News 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.