महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल अमेरिका जाँदै छन्। अमेरिकाको होनोलुलु हवालीमा हुन लागेको २ महिनाभन्दा लामो तालिमका लागि छनौट भएपछि उनी मंगलबार राती त्यसतर्फ जान लागेका हुन्।
सेटेम्बर २२ तारिखदेखि नोभेम्बर २६ सम्म हुन लागेको एडभान्स सेक्युरिटी कोअपरेसन तालिममा नेपाल प्रहरीको तर्फबाट उनी सहभागी हुन लागेका हुन्। तालिममा २५ भन्दा बढी देशका उच्च सुरक्षा अधिकृत सहभागी हुनेछन्।
नेपाल प्रहरीका अन्य उच्च अधिकृतहरुले सो तालिमका लागि आवदेन दिएपनि खनाल मात्र छनौट भएका हुन्। उनले अपराध महाशाखाबाट हिजो आइतबारबाटै विदा लिएका छन्। उनले एसपी प्रकाशजंग कार्कीलाई निमित्त सुम्पेका छन्।
खनालले महाशाखा प्रमुखबाट विदा लिएपछि महाशाखा प्रमुख भएर आउन केही एसएसपीहरुको दौडधुप चलिरहेको छ।

0 comments
प्रतिक्रिया दिनुहोस्...