-->
Loading...
मलाई बिबाहित पुरुषको घर विगार्नु छैन’ प्रियंका कार्की

बोल्ड, ओपन, ट्रेन्ड सेटर्सजस्ता ट्याग लाग्न थालेको छ अभिनेत्री प्रियंका कार्कीलाई । उनको पहिरनको बारेमा पछिल्लो समय धेरै चर्चा हुने गरेको छ । चलचित्र ‘फन्को’ र ‘हाउ फन्नी’को प्रिमियर शोमा हलिउड रेडकार्पेटमा देखिने जस्ता उनको पहिरन निकै चर्चित रहयो ।
प्रियंका त्यस्तोे अवसरलाई संघर्षको रूपमा लिन्छिन् । नेपाली अझै पनि फेसन र पहिरनको मामिलामा उदार हुन नसकेको उनको बुझाइ छ । ‘मलाई युद्धमा गएजस्तै अनुभव हुन्छ’, प्रियंका भन्छिन्, ‘फरक शैलीको ड्रेस लगाएर सार्वजनिक कार्यक्रममा सहभागी हुँदा संघर्ष गरिरहेको जस्तो लाग्छ ।’
पहिरनका बारेमा सकारात्मकभन्दा नकारात्मक टिप्पणीको बढी सामना गर्नुपर्ने भएकोले आफूले संघर्ष गर्नुपरेको उनको भनाइ छ ।हामीले काम गर्ने क्षेत्र ग्ल्यामर भएकाले ग्लोबल ट्रेन्डअनुसार चल्नुपर्छ, ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.