हङ्गेरी । हङ्गेरीको आकाशमा आइतबार दुई साना विमान एक आपसमा ठक्कर खाई दुृर्घटनाग्रस्त भएपछि दुई विमान चालकसहित चार जनाको मृत्यु भएको यहाँको विपद् व्यवस्थापन निर्देशनालयले जानकारी दिएको छ ।
चारसिट भएको सेसना–१८२ र छसिट भएको पाइपर–२८ नामक दुई विमान एक आपसमा जुधेपछि बुढापेस्टदेखि ३० किलोमिटर टाढा गोढोलो सहर नजिकैको जङ्गलमा खसेको निर्देशनालयले आफ्नो वेबसाइटमा जनाइएको छ ।
सेसनामा यात्रारत विमान चालक, एक नाबालक र एक अन्य गरी तीनजनाको मृत्यु भएको छ भने पाइपरका विमान चालकको मात्र मृत्यु भएको छ । पाइपरमा रहेका चारवटा प्यारासुटको प्रयोग गर्दै चार जनाले भने ज्यान जोगाउन सफल भएका बताइएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...