काठमाडौं, असोज २ - रोजगारीको सिलसिलमा साउदी गएका एक नेपालीको मृत्यु भएको छ ।
साउदीमा रामेछापको टोकरपुर ७ का भिमबहादुर थापा मगरको शनिबार ज्यान गएको हो । त्यहाँको एक रेष्टुरेण्टमा कार्यरत भिमबहादुर टाउको दुखेपछि कामबाट कोठा फर्किएको र कोठामै ज्यान गएको परिवारले जनाएका छन् ।
सिनेट म्यानपावरबाट वैदेशिक रोजगारीमाा गएका भिमबहादुर विदामा आएर १४ महिना अघि साउदी गएका थिए । भिमबहादुरका १४ र १० वर्षे दुई छोरा छन् । मृतक भिमबहादुरका दुई दाजुभाई पनि सोही कम्पनीमा कार्यरत छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...