-->
Loading...
दूधे बच्चासहित आमाले इनारमा हामफालिन्, बालिकाको ज्यान गयो

लहान, भदौ ३१ । दूधे बालिकासहित इनारमा हामफल्दा सिरहा, धनगढीमा एक बालिकाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् ।

धनगढीमाई नगरपालिका–१२ विष्णुपुरका २८ वर्षीया हिरा खनालले आफ्नो एक वर्षीया छोरी दिलिसालाई बोकेर घरअगाडि रहेको इनारमा विहीबार साँझ हामफल्दा छोरीको घटनास्थलमै मृत्यु भएको थियो ।

आमा हिरालाई भने प्रहरीले उद्धार गरी उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

हिराका श्रीमान् धु्रव खनाल वैदेशिक रोजगारीकाक्रममा दुबईमा छन् ।

मृतक बालिकाको शव परीक्षणका लागि लहानस्थित रामकुमार सारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । इनारमा बच्चासहित हामफाल्नुको स्पस्ट कारण भने खुल्न सकेको छैन ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.