-->
Loading...
झापाकाे दमकमा दिउसै याैनधन्दा : रंगेहात समातिए ४ याैनकर्मी : हाेटल सञ्चालकपनि नियन्त्रणमा

दमक । झापाकाे दमक स्थित पश्चिम बस स्टेण्ड र श्रीकृष्ण टोलमा रहेका धेरैजसो लजमा दिनदहाडै याैन धन्दा हुने गरेकाे जनगुनासाे बढेपछि प्रहरीले बिहीबार मध्यरातमा छापा मारेकाे छ । दमक १३ स्थित हाेटलहरूबाट प्रहरीले एक हाेटल सञ्चालक सहित ४ जना याैनकर्मी पक्राउ गरेकाे छ ।

इलाका प्रही कार्यालय दमकका प्रहरी प्रमुख डिएसपी राजन लिबुका अनुसार स्थानीयकाे जनगुनासाे र  बिशेष सुराकिकाे अाधारमा बिहीबार मध्यरात साे स्थानका ४ हाेटलमा छापा मार्दा अापतकालिन अवस्थामा ४ याैन कर्मी महिला तथा पुरूष पक्राउ पर्नुका साथै सपना हाेटलकी सञ्चालिका पदमा कार्कीलार्इ समेत नियन्त्रणमा लिएकाे बताइएकाे छ । पक्राउ सबैलार्इ नियन्त्रणमा लिर्इ अनुशन्धान भैरहेकाे इलाका प्रहरी कार्यालय दमकले जनाएकाे छ । यता पक्राउ परेकी हाेटल सञ्चालिका कार्कीबिरूद्ध भने मुद्धा दर्ताकाे तयारी थालेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार दमकका कतिपय हाेटलहरूमा दिउसै याैन धन्दा हुने गरेकाे जनगुनासाे बढेपछि साे स्थानमा प्रहरीले बिशेष अपरेसननै सुरू गरेकाे जनाएकाे छ । दमकका लजले सुविधा हेरेर दिउँसो प्रतिकोठा न्यूनतम एक घन्टाको लागि ५ सय रुपैयाँका दरले कोठा भाडामा लगाउने गरेको प्रहरीकाे भनाइ छ ।
Purbeli news 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.