काठमाडौँः सामाजिक सञ्जालमा चर्चा बटुलेका जीवन थापा र जोयाको जोडी भेट हुने भएको छ । थापा जोयालाई लिन उनका माया कामे मगरसँगै फिलिपिन्स तर्फ उडेका छन् ।
सामाजिक सञ्जालमा चलेको चर्चालाई यथार्थमा समेट्दै जीवन जोया लिन फिलिपिन्स लागेको उनकी दिदी नेरुता मोक्तान तामाङले सार्वजनिक गरेकी हुन् । तामाङले फेसबुकमा स्टेटस राख्दै भनेकी छिन्, ‘भाइ आफ्नो परिवार लिन मामा कामे मगरको साथमा फिलिपिन्स प्रस्थान । शुभ यात्रा भाइ साथै सफल्ताको शुभकामना wish you all the best. ’
उनकी दिदी नेरुताले एअरपोर्टमा उभिएर जीवनले हातमा पासपोर्ट राखी फोटो समेत सार्वजनिक गरेकी छिन् ।
जीवनले आफू फिलिपिन्स जाने लागेको जानकारी गराउन एयरपोर्टमा पासपोर्ट बोकेको फोटो खिचाएर नेरुतालाई पोष्ट गर्न लगाएको समेत खुलेको छ ।
यस अघि सामाजिक सञ्जालमा चर्चा मात्र कमाएका जीवन र जोयाको सम्बन्ध अब यथार्थमा परिणत हुने पक्का भएको कुराले पुनः सामाजिक सञ्जालमा चर्चा पाएको छ ।
OSnepal
0 comments
प्रतिक्रिया दिनुहोस्...