-->
Loading...
आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्हरुले बताएका छन् । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँगै स्थानीय वायुको प्रभावले आज धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको उनीहरुको भनाई छ ।
मौसमविद्हरुका अनुसार केही ठाउँको मौसम दिउँसो एकैछिन खुलेपनि बेलुकीपख फेरि बदली भइ पानी पर्ने सम्भावना छ । आज विशेषगरी पूर्व र मध्य क्षेत्रका धेरै ठाउँमा पानी पर्ने उनीहरुको अनुमान छ । शनिबार बेलुकादेखि मौसममा सुधार आउने अनुमान गरिएको मौसमविदहरुले बताएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.