म्याग्दी, असोज ३ – म्याग्दीको बेगखोला गाविसको बाँसबोट, लिस्ने र भजनी गाउँमा खसेको पहिरोका कारण ३४ घरपरिवार विस्थापित भएका छन् ।
शुक्रबार र शनिबार राति परेको अविरल वर्षासँगै जमिन धाँजा फाटेर खस्न थालेपछि तीन गाउँका ३४ परिवार विस्थापित भएका हुन् । यस्तै ११ वटा घर उच्च जोखिममा परेका छन् ।
गाउँको दुवैतिरबाट पहिरो खसेर जमिन बगेपछि प्रभावितलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोका कारण जोखिममा परेकालाई रेडक्रस, पत्रकार, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा गाविस भवनमा सारिएको छ ।
पहिरोले बाँसबोट गाउँ जाने झोलुङ्गे पुलमा क्षति पु¥याएको छ भने वर्षा भएमा फेरि पहिरो जाने सम्भावना छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...