-->
Loading...
सन्दिपलाई स्वागत गर्न क्लार्क आफैँ एयरपोर्टमा -Karnali news

काठमाडौं – क्रिकेटर सन्दिप लामिछाने प्रशिक्षणका लागि अस्ट्रेलिया पुगेका छन् । अष्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्कको क्लबले प्रशिक्षणका लागि बोलाएपछि उनी आइतबार अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।

आगामी सेप्टेम्बर २६ तारिखबाट सुरु हुने ५ दिने क्याम्पमा सहभागी हुन क्लार्कले विशेष अनुरोध गरेपछि अस्ट्रेलिया गएका लामिछानेलाई स्वागत गर्न क्लार्क आफैं एयरपोर्ट पुगेका थिए ।

माइकल क्लार्क क्रिकेट एकेडेमीले सन्दिपलाई प्रशिक्षणमा सहभागी हुन र सन २०१६–१७ को सिजनमा वेस्टर्न सुर्बसको माइकल्स प्रिमियर ग्रेड क्रिकेट क्लबबाट खेल्न डेढ हप्ताअघि औपचारिक पत्र पठाएको थियो ।

गएको मेमा हङकङमा भएको ट्वान्टी–ट्वान्टी प्रतियोगिताको दौरान सन्दिपको खेल देखेर क्लार्क प्रभावित भएका थिए । सन्दिपमा राम्रो क्षमता रहेकाले आफूले सहयोग गर्ने क्लार्कले त्यतिबेला नै बताएका थिए



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.