-->
Loading...
भोली पनि विदा ? भाइरल बन्यो विदा सम्बन्धि गृहमन्त्रालयको सूचना

काठमाडौं, ३ असोज । आज संविधान दिवस मनाइँदैछ । संविधान जारी भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा सरकारले आज सार्वजनिक विदा दिएको छ । home-ministeryसरकारले यो वर्ष संविधान दिवसको अवसरमा २ दिन विदा दिएको भन्दै कतिपय सञ्चार माध्यममा गत वर्षको गृहमन्त्रालयको सूचना सहित समाचार प्रकाशित भएपछि मानिसहरु झुक्किएका छन् । गत वर्ष नयाँ संविधान जारी हुन लागेको अवसरमार २ दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।कतिपय सञ्चार माध्यममा गत वर्षको यो सूचना सहित २ दिन विदा हुने समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।home-ministry-press-relase-on-sambidhan-dibas

OSnepal


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.