-->
Loading...
राष्ट्रपति र प्रधानमन्त्रीले संयुक्त रुपमा परेवा उडाएर संविधान दिवस मनाईयो


 राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रुपमा शान्तिका प्रतिक परेवा उडाएर संविधान दिवस मनाईएको छ ।

नेपालको संविधान जारी भएको आज एक वर्ष पूरा भएको खुशीयालीमा तीन दिन सम्म विशेष चाडको रुपमा संविधान दिनव मनाईने छ ।

संविधान दिवसको प्रथम वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि परेवा उडाएका हुन् । 

कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता, सहभागी थिए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आह्वानसमेत गरिन्।
 
उनले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गरिन्।
DCnepal 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.