नयाँ दिल्ली – भारतीय वायु सेनाको ज्यागुअर विमान प्रशिक्षणका दौरान दुर्घटना भएको छ । राजस्थानको पोखरानमा भएको दुर्घटनामा दुवै पाइलट भने सकुशल बाँच्न सफल भएका छन् ।
विमान नियमित परिक्षणको क्रममा भएको बेला भारत–पाकिस्तानको सीमा नजिकै दुर्घटना ग्रस्त भएको लेफ्टिनेन्ट कर्नल मनिस ओझाले जानकारी दिएको प्रेस ट्रस्ट इन्डियाले जनाएको छ ।
यस विषयमा न्यायीक छानविनको लागि निर्देशन दिइएको छ ।
पछिल्लो समय भारत–पाकिस्तानबीच बढिरहेको तनावका बीच दुई देशको सीमा नजिकै भएको दुर्घटनालाई चाँसोका साथ हेरिएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...