-->
Loading...
तरकारीको मूल्य अकाशियो, मारमा परेको उपभोक्ताहरुको गुनासो

मोरङ , निरन्तर भएको बर्षाका कारण विराटनगरमा तरकारीको मूल्य अकासिएको छ । विराटनगर स्थित गुद्री बजार सस्तो मुल्यमा तरकारी पाउने बजार हो तर हिजो आज यो बजारमा पनि तरकारी छोइनसक्नु भएको उपभोक्ताहरुको गुनासो छ ।
461c0707c6ca6aa2c7dc2bf142499ccb
दशै आउनु भन्दा अगाडि नै तरकारीको मूल्य छोइनसक्नु भएको छ । गत बर्षको तुलनामा यस बर्ष मोरङमा तरकारीको मुल्य ह्वात्तै बढेको छ । तराईमा प्रतिकुल मौसमका कारण उत्पादनमा कमी भएकाले तरकारीको मूल्य बढेको व्यापारीहरुले बताएका छन् ।
विराटनगर भित्र लाग्ने साप्ताहिक हाटबजारमा पनि तरकारीको मूल्य अकासिएको कारण सर्वसाधारणहरु मारमा परेका छन् । तरकारीको मूल्य अचाक्ली हुँदा समेत सरोकारवाला निकायको वेवास्थाका कारण ब्यापारीहरुले मनलागी मूल्यमा तरकारी बेच्ने गरेका छन् । विराटनगरमा सुनसरी र भारतबाट समेत तरकारी भित्रने गरेको छ ।
दैनिक भान्सामा चाहिने आलु प्याज हरियो साग सब्जीको मुल्य गत बर्षको तुलनामा यस बर्ष दोब्बर भएको छ । गत बर्ष ३० रुपैया पर्ने रातो आलु यस बर्ष ७० रुपैया पर्छ भने हरियो तरकारी साग, स्कुस, काँक्रा, सिमी, घिरौला, लौका, फर्सी, फुलकोभी, बन्दाकोभी भिण्डी, लगायत सवै तरकारीको मूल्य गत बर्षको तुलनामा दोब्बर भएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.