चिल्लो पदार्थका कारण धमनी साँघुरीदे जादा मानिसको मृत्यु पनि हुन सक्दछ । यसलाई एथेरोसक्लेरोसिस पनि भनिन्छ । हालै एक जर्नलमा प्राकाशित एक अध्ययनले अनारको प्रयोगले यस रोगबाट संरक्षण गर्ने र सामान्य प्याथोलोजीसंग सम्बन्धित रोगहरु विरुद्ध लड्ने जनाएको छ ।
मुसामा गरिएको अध्ययनमा धमनी बन्द भएका मुसाहरुमा पानीसंग दुई हप्तासम्मा अनार खान दिएको थियो ।anra
जसले कोलेस्ट्रोलको तह बढायो जुन कम घनत्वका लिपोप्रोटिन साईजसंग सम्बन्धित थियो, त्यस उपचारले धमनीहरुको दुबै मुखहरु खोल्न पुग्यो र धमनी खुल्ला गर्दै लग्यो । यसरी अनारको प्रयोगले मुटुका धमनीहरु सफा र खुला राख्ने कुरा अध्ययनकर्ताहरुले पत्ता लगाए । यसबाट नै अध्ययनकर्ताहरुले निम्न फाईदाजनक प्रभावहरु प्राप्त गर्न सफल भए ।
१, अक्सिडेभिट स्थितिको तहलाई घटाउन सफल भएको ।
२, नली तथा धमनीहरुमा घाउखटिरा निर्माण गर्ने मोनोसाईटिक केमोट्याक्टिक प्रोटिन–१ लाई कम गर्न सफल ।
३, हृदयका अंगहरुमा चिल्लोपदार्थ जम्मा हुने प्रक्रियालाई कम गर्ने ।
४, हृदयमा वृहत रुपमा नछानिने पदार्थहरुको प्रक्रिया घटाउन ।
५, हृदयका अंगहरु अनावश्यक बृदि हुन रोक्न ।
६,इ.सी.जी.का समस्याहरुलाई कम गर्न ।

0 comments
प्रतिक्रिया दिनुहोस्...