-->
Loading...
दुई कार्यकल जितेर हामी देखाई दिन्छौ देश कसरि बनाउन पर्छ : डा.बाबुराम भट्टराई

१५ असोज, काठमाडौँ ।

।  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले अबको चुनाब आफ्नो पार्टीले जित्नेमा कुनै शंका नभएको बताएका छन ।

उक्त कुरा नयाँ शक्ति पार्टी नेपालको नागर्जुन नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बताएका हुन ।भट्टराईले भने “यो नगर त नमुना वनि सक्यो नै म देशको सवै जस्तो जिल्लामा पुगें देशै भरि नयाँ शक्ति प्रति जनताको यस्तै लहर छ ।”

हजारौंको उपस्थितिमा उक्त नगरपालिकाले आयोजना गरेको दशैको शुभकामना तथा चियापान समारोहमा वोल्दै उनले “भने २ कार्यकाल चुनाव जितेर देश कस्तो वनाउन पर्छ हामी देखाई दिन्छौ ।”

उनले विचमा थपे “म गएको हप्ता मात्र कोरिया र जापन पुगेर पार्टीले आयोजना गरेको कार्यक्रममा भाग लिएर आएँ विदेशमा हाम्रो पार्टी प्रति झन ठुलो लहर छ । भर्खर जन्मेर वामे सर्न शुरु नगर्दैको पार्टीमा आएको उर्जा देखेर म आफै चकित छु परेको छु” उनले थपे ।

उनको भनाई थियो “पुराना भनिएका थोत्रा र जर्जर परका रुखको अगाडि नयाँ रुखमा स्वत नै उर्जा वढि हुन्छ यो हिसावले हामीले चुनाव त जीति नै सक्यौ भन्दा नि हुन्छ । नयाँ शक्ति कुनै लहडले वनेको पार्टी होईन लहडले पार्टी बन्दा पनि बन्दैन । यो पार्टी योजना पुर्बक देश आवश्यकताले जन्मेको हो ।

यो कुनै वावुरामको चाहानाले जन्मेको पनि होईन ऐतिहासिक आवश्यकताले जन्मेको हो । मैले शुरु नगरेको भए अरु कसैले गर्थ्यो त्यसैले यसले यसले आफ्नो युगको कार्यभार पुरा गरि छाड्छ ।”
अहिलेको ६ महिने र ९ महिने म्यादी सरकारले देशलाई गम्भीर सङ्कटमा लैजाने भन्दै उनले देशलाई स्थिर सरकारको आवश्यकता भएको बताए । उनले संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन् ।

डा.भट्टराईले “भने पाँच वर्षसम्म स्थायी सरकार भएमा विदेशीले चलखेल गर्न सक्दैन, देश विकास र समृद्धितर्फ समेत अगाडि बढ्छ ।”
प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरे :
आफ्नो मन्तब्यको क्रममा भट्टराईले भारतसँग सरकारले गरेको २५ बुँदे सम्झौता प्रति आक्रामक हुदै भने “सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरेका छन् ।”

भारतसँग सम्झौता भएको दिन आफूलाई निन्द्रा नलागेको चर्चा गर्दै उनले भने, ‘प्रधानमन्त्रीले भारत भ्रमणमा २५ बुँदे सहमति गरी सार्वजनिक गर्दा मलाई रातभर निन्द्रा लागेन, प्रधानमन्त्रीले भारतसँग गरेको राष्ट्रघाती सम्झौताले मलाई पिरोलिरहेको छ ।’
प्रचण्डले भारतसँग राष्ट्रियहित विपरीत सम्झौता गर्दा पनि अरु दलले त्यसको विरुद्धमा बोल्न नसकेको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्रीले भारतसँग राष्ट्रघाती सम्झौता गर्दा पनि अरु दलले विरोध गर्नसकेका छ्रैनन्, त्यसका विरुद्ध म बोलिरहँदा मलाई उल्टै भारत परास्त भएको आरोप लगाइरहेका छन् ।’
डा.भट्टराईले भारतसँग भएको २५ बुँदे सहमति गम्भीर भएर अध्ययन गर्न आम नेपाली नागरिकलाई आग्रह गरेका छन् ।साथै सम्झौता भएका बुँदा मध्ये ६, १०, ११, १२, १३, १४ र २० बुँदा राष्ट्रिय हित विपरित भएको जिकिर गर्दै उनले नेपाललाई भुटानीकरण गर्न प्रधानमन्त्रीले सहमति जनाएको आरोप लगाए ।
‘पहिला भुटानको परराष्ट्र नीति पनि भारतले आफ्नो मातहतमा ल्याएर भुटानलाई प्रयोग गर्यो, उनले भने ‘अहिले भारतले त्यही नीतिअनुरुप नेपालसँग सम्झौता गरायो, प्रधानमन्त्रीले गरेको सम्झौताले अब परराष्ट्र नीतिमा नेपाल स्वतन्त्र हुनसक्दैन ।’
भारत र पाकिस्तानमा देखिएको द्वन्दको  परिस्थितिमा अब नेपालले आफ्नो स्वतन्त्र बिचार कसरी राख्छ भन्ने प्रश्न गर्दै उनले मुलुकमा जनतालाई क्रान्तिकारी हुँ बनेर भ्रम फैलाउँदै नेपाललाई भुटान बनाउने षड्यन्त्रमा प्रधानमन्त्री लागेको आरोप लगाए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.