-->
Loading...
प्रचण्ड सरकारलाई योगेशको चुनौतीः हिम्मत भए हिन्दीलाई राष्ट्र भाषा बनाएर देखाउनुहोस

ललितपुर१६ असोज । एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारलाई कडा चुनौती दिएका छन् । प्रेस चौतारी नेपाल ललितपुरको चौथो जिल्ला अधिवेशनको आइतबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै संविधान संशोधन गरेर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।
‘एमालेले संविधान संशोधन गर्न मानेन भनेर भ्रम फिँजाइएको छ, म सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लाई चुनौती दिन चाहन्छु कि के तपाईहरु आफ्नो पार्टीको केन्द्रीय समितिबाट हिन्दी भाषालाई राष्ट्र भाषा बनाउने र प्रदेशको सिमाना हेरफेर गर्ने प्रस्ताव पारित गर्न सक्नुहुन्छ ?’ भट्टराईले भने, ‘हिम्मत भए संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेर देखाउनुस् ।’
भट्टराईले संविधान संशोधनको भ्रम दिएर मधेसकेन्द्रित दललाई सरकारका पक्षमा मतदान गराइए पनि संशोधनको प्रस्ताव आउन नसकेकाले सरकारको औचित्यमा प्रश्न उत्पन्न भएको दाबी गरे ।
उनले अघिल्लो सरकारले ल्याएका बजेट आश्रित विधेयक नै पुनः प्रस्तुत भई पारित भएकाले नयाँ सरकार गठनको औचित्य समाप्त भएको समेत बताए ।
सचिव भट्टराईले मधेसी दलसँग अब नयाँ विकल्पका बारेमा वार्ता गर्न आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रसरता लिनुपर्ने बताउँदै संविधान संशोधनका लागि आवश्यकता र औचित्यका आधारमा छलफल गर्नुपर्ने बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.