-->
Loading...
नेपाल बाट यसरी बिदा भय चिनियाँ राजदुत , राष्ट्रपति भण्डारीद्वारा अहिले सम्मको साथ् र सहयोगको लागि आभार प्रकट

काठमाडौँ, १६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो करिब चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा रहनुभएका नेपालका लागि चीनका राजदूत ऊ छुन्थाइले आज राष्ट्रपति कार्यालयमा बिदाइ भेट गर्नुभयो ।
त्यसअवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध मामिलाका साथै सांस्कृतिक, आर्थिक एवम् व्यापारिक विषयमा विचार विमर्श भएको थियो ।
गत वर्षको भूकम्पकाबेलामा चीनले उद्धार, खोजी राहत तथा पुनःनिर्माणका काममा निरन्तर सहयोग गरेकोमा राष्ट्रपति भण्डारीले चीनप्रति हार्दिक आभार व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.